मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत ४ सोमबार ०९:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

श्रीलंकाको पोस्टमा भारतका ५ गोल

Read Time : < 1 मिनेट
२०७५ चैत ४ सोमबार ०९:५२:००

पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार भारतले श्रीलंकालाई ५–० ले हराउँदा नेपालले फाइनल प्रवेशका लागि श्रीलंकालाई प्रतिद्वन्द्वी पाएको हो । समूह बीमा भारत विजेता बन्यो । श्रीलंका उपविजेतामा सीमित भयो । साबिक विजेतासमेत रहेको समूह एको उपविजेता बंगलादेशले भारतको सामना गर्नेछ । 

 पहिलो हाफमा ४ गोल
विराटनगरको सहिद रंगशालामा भारतले श्रीलंकालाई पूरै ९० मिनेट दबाबमा राखेको थियो । खेलको चौथो मिनेटमा भारतकी मिडफिल्डर ग्रेस दाङमिलले १–० को अग्रता दिलाइन् । उनले मिडफिल्डर सन्जुको पासको सदुपयोग गर्दै गोल गरेकी हुन् । खेलको सातौँ मिनेटमा सन्ध्या रंगनाथनले भारतलाई २–० को स्थितिमा राखिन् । सन्ध्या सन्जुकै पासमा गोल गर्न सफल भइन् । खेलको ३६औँ मिनेटमा इन्दुमतले भारतको अग्रता ३–० मा पुर्‍याइन् ।

यसपटक पनि सन्जुले नै उत्कृष्ट प्रदर्शन गर्दै गोलका लागि असिस्ट गरिन् । खेलको ४३औँ मिनेटरमा श्रीलंकन खेलाडी रुसानी गुनबर्दनेले डिबक्सभित्र ह्यान्ड गरेपछि भारतले पेनाल्टी पायो । मिडफिल्डर संगीता बास्फोरेले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै मध्यान्तरअघि भारतलाई ४–० को बलियो अवस्थामा राखिन् । खेलको ४६औँ मिनेटमा रतनबलादेबवीले भारतलाई ५–० मा पुर्‍याइन् ।

श्रीलंकाका प्रशिक्षक रोहनलितक अल्पोन्सुले आफूहरूले राम्रो खेले पनि भारत बलियो टोली भएका कारण पराजित भएको बताए । ‘भारत अनुभवी र बलियो टोली भएकाले हार बेहोर्नुपरेको हो,’ उनले भने ।