मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका तेह्रथुम
२०७९ असार ११ शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तेह्रथुम
२०७९ असार ११ शनिबार ११:४९:००

तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।    

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ट्र्याक्टरचालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्र्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए ।

गम्भीर घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।   रासस