१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो खाने बिहानको खाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:५१:००

शारीरिक तथा मानसिक रूपमा हृष्टपुष्ट र स्वस्थ रहन विशेषगरी हामीले बिहानको खानामा ध्यान पु¥याउन जरुरी छ । यो सन्तुलित भोजनयुक्त हुन आवश्यक छ । किनकि, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । यद्यपि, हामीमध्ये अधिकांश नेपाली खाली अघाउनका लागि खाना खाइरहेका हुन्छौँ । बिहान ब्रेकफास्ट गर्दैनौँ । अनि, खाना खानेवेलासम्म धेरै भोक लागेको हुन्छ । र, एकैपटक धेरै भात खान्छौँ । त्यसैले, बिहानको खाना कस्तो खाने भन्ने जान्न आवश्यक छ ।

- १२ देखि १ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसमअनुसारका सलाद पनि खान सकिन्छ ।

- खानासँगै खाने तरकारी उसिनेर पकाएको राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइड तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन ।

- फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । तरकारी तथा परिकार भुट्दा वा तार्दा परिकारको पोषक तत्व नष्ट हुने सम्भावना धेरै हुन्छ । त्यसैले खाँदा जिब्रोका लागि स्वादिलो भए पनि तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । 

- खानासँग दाल पनि खान सकिन्छ । दाल खाँदा भने भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपिँदैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्ष रूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थीबाट र्‍याल निस्किन्छ । तर, नचपाई खाँदा सो ¥याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ । 

- खानासँगै पानी पिउँदा पाचन ग्रन्थीबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । राम्रोसँग चपाएर ¥याल निकालेर खाना खाँदा खाना अड्किने सम्भावना पनि कम हुन्छ । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ ।