मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:४५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेकअप हटाउने तरिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:४५:००

सौन्दर्यका लागि हरेक महिलाले कुनै न कुनै किसिमको मेकअप गरेकै हुन्छन् । तर, सौन्दर्यमा भूमिका खेल्ने मेकअप लामो समयसम्म अनुहारमा रहँदा त्यसले छालामा समस्या पार्न सक्छ । मेकअप सामग्रीमा केमिकल हुने भएकाले राति सुत्नुअघि मेकअप अनिवार्य हटाउनुपर्ने हुन्छ । यद्यपि, मेकअप हटाउँदा पनि गल्ती हुन सक्छ । त्यसैले हटाउँदा निम्न उपाय अपनाउन सकिन्छ ।

- सबैभन्दा पहिले आँखाको मेकअप हटाएर मात्रै अन्य मेकअप फाल्नतिर लाग्नुपर्छ । गाजलसहित आँखाको मेकअप हटाउन बेबी आयल प्रयोग गर्नु उत्तम हुन्छ । बेबी आयल कुनै नरम कपडामा चोबेर आँखाको मेकअप हटाउँदा राम्रोसँग हट्छ । यसले आँखा सुक्खा हुनबाट पनि बचाउँछ । 

- मेकअपमा प्रयोग गरिएका कलर कस्मेटिक हटाउन क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । क्लिन्जिङ मिल्कले केहीबेर समय लगाएर बिस्तारै मेकअप हटाउनुहोस् ।

- क्लिन्जिङ मिल्कले मेकअप त हट्छ, तर क्लिन्जिङ गरेको छालालाई त्यत्तिकै छाड्नुहुन्न । मेकअप सफा गरेपछि टोनर अनिवार्य प्रयोग गर्नुपर्छ । टोनरले क्लिन्जिङ गर्दा खुलेका छालाको प्वाललाई खुम्च्याएर सही अवस्थामा राख्न भूमिका खेल्छ । 

- टोनर प्रयोग गरेपछि कुनै क्रिम अवश्य प्रयोग गर्नुहोस् । क्रिम प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । सुक्खा छालामा मोस्चर बढी भएको क्रिम लगाउनुपर्छ भने चिल्लो छालामा आयल फ्री उपयुक्त हुन्छ ।