मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:३०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण लगाउने सनग्लास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:३०:००

- चैत लागेसँगै बिस्तारै गर्मी सुरु भएको छ । सूर्यको किरणले जाडोको तुलनामा गर्मी मौसममा बढी असर गर्छ । पराबैजनी किरणसँगको बढ्दो सम्पर्कका कारण हाम्रा आँखाले विभिन्न खालका समस्या झेल्नुपर्ने हुन्छ । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सीधा किरण आँखामा पर्नबाट बच्नका लागि बाहिर निस्कँदा सनग्लास लगाउन आवश्यक छ । 

- सनग्लासमा पराबैजनी किरणलाई सोस्न सक्ने क्षमता हुन्छ । 

- जसले मोतिबिन्दुको समस्या हुनबाट जोगाउँछ । 

- सनग्लास लगाएमा घामको किरणले रेटिनामा हुने क्षतिबाट बच्न सकिन्छ । 

- बाहिर हिँड्दा हुने धुवाँ, धुलो र प्रदूषणले आखाँमा विभिन्न इन्फेक्सन हुने खतरा हुन्छ । सनग्लास लगाउँदा यस्ता समस्याबाट बच्न सकिन्छ ।

- सनग्लास लगाएर आँखाको कन्जेक्टिभालाई सुरक्षित राख्न सकिन्छ । जुन आँखाको संवेदनशील भाग हो ।

- कम उज्यालो भएको ठाउँमा सनग्लास लगाएको खण्डमा आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोयिबा रोग हुन सक्छ । तसर्थ, अँध्यारो स्थानमा सनग्लास प्रयोग नगर्नु नै बेस हुन्छ ।