१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:२६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मर्निङवाक जाँदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:२६:००

- बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपश्चात् शौच गर्नुस् अनि मात्र दौडनुस । 

- दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फर्टेबल हुन जरुरी छ । यसरी दौडनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।

- दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सनुहुँदैन । दौडन सुरु गर्नेबित्तिकै स्पिड बढाउनुहुँदैन । दौडन सुरु गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।  

- दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ । 

- दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गनुपर्छ ।

- दौडने क्रममा आफ्नो पैतालाको चाल सुन्ने प्रयास गर्नुपर्छ । यस्तो आवाज सुनिएको अवस्थामा जोडले दौडिएको बुझिन्छ । यसो गर्दा मस्तिष्क पनि एकाग्र हुन मद्दत पुग्छ ।