मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंक र पाटन अस्पतालको सम्झौता नवीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१९:००

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले ०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिँदै आएको हो । पाटन अस्पतालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र अस्पतालका निर्देशक रवि शाक्यले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको जनाइएको छ । बैंकले उक्त सम्झौता पुनः नवीकरण गरेको जनाएको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे जनाएको छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता पुनः नवीकरण गर्दै आइरहेको जनाइएको छ । बैंकले हाल देशका सातै प्रदेशमा एक सय २६ शाखा र एक सय १८ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।