१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१६:००

नेपाल बैंक लिमिटेडले आगामी आव २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले दुईदिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौंको  चन्द्रागिरीमा बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरू र प्रादेशिक कार्यालय प्रमुखको उपस्थितिमा गोष्ठी गरेको हो । 

गोष्ठीमा ४२ जनाको सहभागिता रहेको बैंकले जनाएको छ । प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त गोष्ठीमा सहभागीलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र सम्भावनासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो । बैंकले सम्पूर्ण प्रदेशमा प्रदेशस्तरीय बजेट गोष्ठी सम्पन्न गरी सम्पूर्ण शाखाबाट आएका सल्लाह–सुझावका सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफलका साथै राय–सुझावसहित बजेट तथा कार्यक्रम तयार गर्दा त्यसको प्रभावकारिता बढी हुने देखिएकाले यस्ता कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिँंदै आएको जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकमा हाल नेपालको बैंकिङ क्षेत्रकै दक्ष तथा युवा जनशक्ति भएको बताए । यही जनशक्तिको कडा मिहिनेतले बैंक सबल र प्रतिस्पर्धी बन्न सफल भएको उनको भनाइ थियो । बैंकले हाल देशभरमा दुई सय १७ शाखा, एक सय ७९ एटिएम तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिंँदै आएको जनाएको छ ।