मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ७ मंगलबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हुम्लामा भुस्याहा कुकुरकाे बिगबिगी, सराेकारवाला निकाय माैन

Read Time : < 1 मिनेट
२०७९ असार ७ मंगलबार १३:५५:००

०७८ माघ ३ गते सदरमुकाम सिमकाेटकाे रानीवन क्षेत्रमा भुस्याहा कुकुरले स्थानीयलाई टाेक्न थालेपछि सिमकाेट गाउँपालिका- ६ का स्थानीय महिला जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन पुगे । जथाभावी छाेडिएका कुकुरले बाटाे हिँड्ने मानिसलाई टाेक्न थालेपछि कुकुर व्यवस्थापनकाे मागसहित जिल्ला प्रशासन कार्यालयका तत्कालीन सिडिओ गणेश आचार्यलाई स्थानीय महिलाले ध्यानाकर्षण गरे ।  

सिमकाेट गाउँपालिका- ६ की गाेइलुमा रावतकाे अगुवाइ पुगेका महिलाले तत्कालीन  सिडिओ आचार्यले आफूलाई कुकुर मार्न अनुमति नभएकाे प्रतिक्रिया दिएर स्थानीय महिलालाई फिर्ता गरे । कुकुरलाई व्यवस्थापन गर्न आश्वासन दिएकाे केहीपछि ०७८ पुस ३० गते  सात वर्षीय बालकलाई कुकुरले टाेक्दा घाइते भएपछि जिल्लामा उपचार हुन नसकेर काठमाडौंकाे त्रिवि शिक्षण अस्पताल उपचार भएकाे परिवार स्रोत जनाएकाे छ ।  

जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मंगलबार बिहान सातवटाभन्दा बढी कुकुरले टोक्दा उनको अवस्था गम्भीर  छ । खेतीपाती गोडमेल गर्न जाने क्रममा कुकुरले टोक्दा  सिमकोट गाउँपालिका– ५ की सप्पा रावत सक्त घाइते भएकी हुन् । गाेडमेलमा निस्केकी रावतलाई खेलमैदानमा कुकुरले टाेकेपछि उद्धार गरेर जिल्ला अस्पताल हुम्लामा उपचारमा लगिएको आफन्त विष्णु रावतले बताए ।

जिल्ला सदरमुकाम सिमकाेटमा भुस्याहा कुकुरकाे बिगबिगी हुँदासमेत जिल्लास्थित सराेकारवाला निकाय माैन देखिएका छन् । भुस्याहा कुकुरकाे व्यवस्थापन गर्न नसक्दा सिमकाेट बजार आसपास क्षेत्रमा हिँड्ने मानिसलाई असहज भएकाे छ । जिल्लास्थित सराेकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुम्ला सिमकाेट गाउँपालिका माैन देखिएकाे छ ।