मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ४ सोमबार ०७:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

प्रदेश ३ मा बजेट खर्च न्यून

Read Time : > 1 मिनेट
२०७५ चैत ४ सोमबार ०७:२०:००

प्रदेश ३ मा बजेट खर्च न्यून देखिएको छ । योजना र कार्यक्रम धेरै भए पनि खर्च भने न्यून देखिएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार गरेको प्रगति समीक्षामा खर्च न्यून भएको देखिएको हो । प्रमुख सचिव आनन्दराज ढकालले प्रस्तुत गरेको प्रगति समीक्षामा विवरणअनुसार, खर्च प्रतिशतको प्रगति निराशाजनक देखिएको छ । माघ मसान्तसम्म मुख्यमन्त्रीको कार्यालयले १५ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । 

मुख्यमन्त्रीको कार्यालयबाट छुट्याइएको बजेटमध्ये चालू खर्चतर्फ ३६.९० र पुँजीगत ४४.९० प्रतिशत मात्रै देखिएको छ । त्यस्तै, चालू कार्यक्रम १.१४ र कार्यक्रम खर्च पुँजीगततर्फ शून्य र तथा समग्रमा १४.८४ प्रतिशत मात्र खर्च गरिएको उल्लेख छ ।

चालू खर्चका लागि छुट्याएको आठ करोड ६३ लाख ७८ हजारमध्ये माघ मसान्तसम्म तीन करोड १८ लाख ७३ हजार सात सय ९४ रुपैयाँ मात्र खर्च भएको छ । पुँजीगततर्फको खर्चका लागि छुट्याएको तीन करोड ९५ लाख ६० हजारमध्ये एक करोड ७७ लाख ९७ हजार ६ सय ६९, चालू कार्यक्रमतर्फ २२ करोड ६२ लाखमध्ये २५ लाख ८५ हजार नौ सय ७६ मात्रै खर्च भएको छ । कार्यक्रम खर्च पुँजीगततर्फ २१ करोड ५० लाख भए पनि कत्ति पनि खर्च भएको पाइएको छैन् । 

बजेट परिचालन हुन नसक्दा विकास योजनाले गति लिन सकेको छैन । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई दर्जनभन्दा बढी योजना अघि सारिएका थिए । ती कुनै पनि पूरा हुन नसकेको पाइएको छ । 

परिणाम आउँछ नआत्तिनुस् : मुख्यमन्त्री
मुख्यमन्त्री डोरमणि पौडेलले केही समयपछि परिणाम आउने बताए । उनले बजेट खर्चको अवस्था चिन्ताजनक भए पनि प्रक्रियागत कठिनाइका कारण विकास निर्माण अघि बढाउन निकै समस्या भएको बताए । ‘सार्वजनिक खरिद ऐनअनुसार एउटा टेण्डर गर्न नौ महिना लाग्छ । यो झन्झटिलो प्रक्रियाका कारण बजेट खर्च न्यून भएको हो,’ उनले भने । 
सरकार गठन भएको एक वर्ष भए पनि काम सुरु गरेको चार महिना पुग्दै गरेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो । ‘केही समयपछि परिणाम आउँछ, नआत्तिनुस,’ मुख्यमन्त्री पौडेलले भने । उनले बजेटसम्बन्धित मन्त्रालयमा पठाइसकेकाले अब परिणाम आउने उनको भनाइ थियो ।