मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लैंगिक हिंसा निवारणमा प्रभावकारी कार्यक्रम नल्याएको भन्दै खर्च एक रुपैयाँ कायम गर्न प्रस्ताव पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार १३:५३:००

एमालेकी सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गरेकी छिन्। सोमबार राष्ट्रिय सभाको बैठकमा लैंगिक हिंसा निवारणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याएको भन्दै उनले सो शीर्षकको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गरेकी हुन्।

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोधस्वरूप खर्च कटौतीको प्रस्ताव राखेको छु। लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु। बजेट सन्तुलित र न्यायोचित छैन,’ उनले भनिन्।