१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७९ असार ६ सोमबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७९ असार ६ सोमबार ११:५०:००

कपिलवस्तुको शिवराज नगरपालिका– १ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुईजना भारतीय बेपत्ता भएका छन् ।प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु.२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराेले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले जानकारी दिए ।