१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ५ आइतबार १८:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेट, नागरिकता विधेयकको विषयमा कुराकानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ५ आइतबार १८:१८:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले  नागरिकता विधेयकको विषयमा कुराकानी गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवन आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । 

भेटमा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए । भेटमा नागरिकता विधेयक चालू संसदमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ । 

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरूप गृहमन्त्रीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  उहाँ (गृहमन्त्री)सँगै म र मन्त्रालयका कानुनका सहसचिव कोमल खत्री पनि गएका थियौँ’, कुराकानी सकारात्मक भएको छ,’ गृहसचिव पाण्डेले भने ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् । 

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए । उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । 

सबै नेताहरूसँगको भेट सकारात्मक भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको छ । 

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।