मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुक्खा बन्दरगाह निर्माणका लागि छानिएको हुम्लाको यारी क्षेत्र
२०७९ असार ५ आइतबार १०:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हुम्लाको यारीमा सुक्खा बन्दरगाह अध्ययन सुरु 

Read Time : < 1 मिनेट
२०७९ असार ५ आइतबार १०:०९:००

हुम्लाको नाम्खा गाउँपालिका– ५ को यारीमा सक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । काठमाडौंबाट आएका टोलीले नाम्खा– ५ को यारी पुगेर स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

चीनसँग जोडिएको हुम्लाको यारीमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनका अनुसार चालू आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो । सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनोट गरी सम्झौता गरेको प्रजिअ परियारको भनाइ छ । 

सम्झौतासँगै दुुई सदस्यीय अध्ययन टोली हुम्ला पुुगेर स्थलगत रूपमा अध्ययन सुुरु गरेको बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन टोलीमा खटिएका इन्जिनियर सन्तोष खड्काले बताए । जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने उनको भनाइ छ । यारी क्षेत्र चार हजार चार सय मिटर अग्लो भएका कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिनेछ । 

उक्त क्षेत्रमा कर्णाली करिडोरको सडक पनि जोडिएको र सरकारी जमिन पनि प्रशस्त मात्रामा रहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई यस बन्दरगाहबाट व्यापारिक रूपमा टेवा पुग्ने भएको छ । बन्दरगाह कर्णाली प्रदेशमै पहिलो हुने हुनाले यसको व्यापारिक महत्व धेरै भएको स्थानीयको भनाइ छ । सुक्खा बन्दरगाह निर्माण भएसँगै हुम्लामा उत्पादन भएका जडीबुटी, फलफूल, तरकारी, काठ सहज रूपमा निकासी गर्ने बाटो खुल्नेछ ।