मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ५ आइतबार ०७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानसेनापति लेबनान प्रस्थान, उतैबाट अमेरिका जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ५ आइतबार ०७:३८:००

द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिका लागि तैनाथ फौजको हौसला अभिवृद्धि गर्न र अप्रेसनसँग सम्बन्धित विषयमा जानकारी लिन प्रधानसेनापति प्रभुराम शर्मा शनिबार लेबनान प्रस्थान गरेका छन् । रक्षासचिव किरणराज शर्मासहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै शर्मा लेबनान गएका हुन् । त्यहीँबाट एक सातापछि उनी अमेरिकाको औपचारिक भ्रमणमा जानेछन् । 

प्रधानसेनापति शर्मालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीसहित उच्च सैनिक अधिकारीले बिदाइ गरेका छन् । उनी २० असारसम्म लेबनान र सिरियामा रहेका नेपाली फौजको निरीक्षण भ्रमणमा हुनेछन् । राष्ट्रसंघीय मिसनहरूको वस्तुस्थिति, अप्रेसनल गतिविधि, फौज तैनाथीको अवस्थाबारे उनले जानकारी लिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति शर्माले लेबनान, सिरियामा रहेका संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानसेनापति शर्मा त्यहीँबाट अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । उनले वासिङटन डिसीमा पेन्टागनका उच्च अधिकारीसँग भेटवार्ता गर्ने तथा सैनिक युनिटको भ्रमण गर्ने कार्यक्रम छ । अमेरिका भ्रमणमा कुनै पनि विषयमा सम्झौता गर्ने कार्यक्रम नरहेको उनले शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका छन्् ।