१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ चैत ३ आइतबार १७:३९:००
Read Time : < 1 मिनेट
विश्व

मेक्सिकोमा पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ३ आइतबार १७:३९:००

मेक्सिकोमा पत्रकार स्यान्टियागो ब्यारोको शनिबार हत्या भएको छ । उनलाई घरमै गोली हानी हत्या गरिएको समाचारमा जनाएकाे छ । चालु वर्षको तीन महिनामा मात्रै मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था कमजाेर देखिएकाे छ ।

शनिबार मारिएका ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको हाे । मेक्सिकोमा गएको सात वर्षभित्र कम्तिमा सय जना पत्रकार मारिएका छन् । राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करहरुले पत्रकारमाथि हमला भएकाे भनाइ छ । 

पत्रकार ब्यारो सान लुइस रियो कोलोराडो नगरमा बस्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार ब्यारोको हत्याको निन्दा गरेका छन् । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ । मेक्सिको राष्ट्रपति कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारको हत्या नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् भएको बताएका छन् ।  

पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । गाेली प्रहारबाट घाइते भएका उनलाई अस्पताल पुर्‍याएको भए पनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्ष उमेरका थिए ।