Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार ३ शुक्रबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिससका लागि हुम्लामा पाँचदलीय गठबन्धन हुँदै

Read Time : < 1 मिनेट
२०७९ असार ३ शुक्रबार ११:४०:००

जिल्ला समन्वय समिति हुम्लामा सत्तारूढ दलले गठबन्धन गर्ने भएका छन्। कर्णाली प्रदेशस्तरीय पाँचदलीय गठबन्धनले हुम्लाको जिल्ला समन्वय समितिमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको हो।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले जिससको प्रमुख एकीकृत समाजवादी तथा उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ। निर्णयअनुसार प्रमुखमा शिवराज शर्मा र उपप्रमुखमा दल फडेरा सञ्जय उम्मेदवार भएका छन्। माओवादी केन्द्रको भागमा उपप्रमुखसहित एक खुला सदस्य, एक दलित सदस्य, दुई महिला सदस्य तथा कांग्रेसको भागमा दुई खुला सदस्य र दुई महिला सदस्य परेको छ।

कर्णाली प्रदेशस्तरीय पाँचदलीय बैककमा कांग्रेसका प्रदेश सभापति शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी, एकीकृत  समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर शाहीलगायतले हस्ताक्षर गरी संयुक्त निर्णय सार्वजनिक गरेका छन्।