मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३ शुक्रबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एकै सदस्यले पाए सहकारी बैंकबाट ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३ शुक्रबार ०८:४६:००

राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन् । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट गर्दा एकै सदस्यले करिब ५७ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ को प्रावधानअनुरूप बैंकले सदस्य संघ–संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारका आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार दुई सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको जनाइएको छ । संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ–संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार सात सय १२ सहकारी संघ–संस्थाहरू संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ५६ लाख ५२ हजार तथा कर्जातर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले जानकारी दिए । 

संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ–संस्थाहरू ६ सय ९९ रहेको जनाइएको छ । हाल बैंकमा करिब १५ हजारभन्दा बढी सदस्य सहकारी संघ–संस्थाहरू रहेको जनाइएको छ ।