मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ चैत ३ आइतबार १६:२१:००
Read Time : < 1 मिनेट
विश्व

उम्मेदवार छान्न भाजपाको बैठक 

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ३ आइतबार १६:२१:००

भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गरेकाे समाचारमा जनाएको छ ।

शनिबार राति अबेर बोलाएको बैठकले आइतबार बिहानसम्म छलफल गरी आगामी निर्वाचनमा पार्टीका तर्फबाट ११ ओटा राज्यमा उठाइने उम्मेदवार छनौट गरेको बताएको छ । श्रोतका अनुसार उनीहरुले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पारेका छन् तर नाम सार्वजनिक गरिएको छैन । 

उक्त समितिले विहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरका लागि उम्मेदवारहरुको सूची बनाएकाे बताएको छ । 

पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरमा पहिलो चरणमा निर्वाचन हुने भएकाे छ । सात चरणमा हुने निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन अप्रिल ११ मा हुने तय भएको छ । मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु बैठकमा सहभागी हुने समाचारमा जनाइएको छ ।