१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय विमानस्थलमा  हरियाली मासेर डिजिटल बोर्ड  राखिँदै, नागरिक उड्डयन बेखबर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०६:३५:००

विमानस्थल प्रवेश गर्ने मार्गको दायाँतर्फको हरियाली क्षेत्र खनेर आइएमएस एयरपोर्ट सर्भिसले व्यापार गर्न लागेको हो । यसले एकातर्फ अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्य बिग्रने अवस्था छ भने अर्काेतर्फ विमानस्थलसँग स्वीकृतिसमेत लिएको छैन । विमानस्थलको नयाँ पार्किङ क्षेत्रतर्फ फर्काउने गरी डिजिटल विज्ञापन बोर्ड राख्न लागिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अग्रक्षेत्रमा हरियाली बगैँचा मासेर डिजिटल बोर्ड राख्ने प्रक्रिया अघि बढेको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयलाई समेत जानकारी नदिई व्यापारीले धमाधम डिजिटल बोर्ड राख्ने काम सुरु गरेका छन् । 

जग्गा लिजमा लिएका व्यापारिक कम्पनीले विमानस्थलको सौन्दर्य नै बिग्रने गरी यस्तो बोर्ड राख्न लागेका हुन् । विमानस्थल प्रवेश गर्ने मार्गको दायाँतर्फको हरियाली क्षेत्र खनेर आइएमएस एयरपोर्ट सर्भिसले व्यापार गर्न लागेको हो । यसले एकातर्फ अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्य बिग्रने अवस्था छ भने अर्काेतर्फ विमानस्थलसँग स्वीकृतिसमेत लिएको छैन । विमानस्थलको नयाँ पार्किङ क्षेत्रतर्फ फर्काउने गरी डिजिटल विज्ञापन बोर्ड राख्न लागिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ निरौलाले त्यसरी डिजिटल बोर्ड राख्न आफूहरूले स्वीकृति नदिएको बताए । ‘विमानस्थलभित्र डिजिटल बोर्ड राख्न दिएका छैनौँ, अनुमतिविना नै कसरी काम गरियो छानबिन हुन्छ,’ उनले भने । 

विमानस्थलको ५० रोपनी १५ आना जग्गा लिजमा लिएको आइएमएस एयरपोर्ट सर्भिलले विनास्वीकृति डिजिटल बोर्ड राख्न लागेको हो । आइएमएस सर्भिस त्यही कम्पनी हो जसले विमानस्थलमा पार्किङको समेत चर्काे शुल्क उठाउँदै आएको छ भने अराइभल हलभित्र बस्नसमेत शुल्क लिने गरेको छ । सो कम्पनीले नियमित भाडासमेत नबुझाएको नागरिक उड्डयन कार्यालयका एक अधिकारी बताउँछन् । त्यही कम्पनीले विमानस्थलभित्र मनपरी रूपमा आफ्नो व्यापार बढाइरहेको छ । 

लिजमा लिएको जग्गाको उसले वार्षिक एक करोड ५५ लाख ६९ हजार चार सय भाडा तिर्ने सम्झौता छ । त्यस्तै, भवनको भाडाबापतको पहिलो १० वर्षको पाँच प्रतिशत, त्यसपछिको १० वर्षको १५ तथा अन्तिम १० वर्षको २५ प्रतिशत तिर्ने सम्झौतामा उल्लेख छ । तर, सुरुको एक वर्षको उसले भाडा नतिरी अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीले सम्झौताअनुसार पर्यटक मनोरञ्जनका लागि पार्क, बगैँचा, बालबालिका क्रीडास्थलसमेत बनाउने भनिएकोमा उसले भाडा आउने क्षेत्र मात्र बनाएको छ ।