मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २ बिहीबार ०८:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजारभाउ सस्तो भएकाले ठूला लगानीकर्ताले सेयर खरिद गर्न थाले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २ बिहीबार ०८:२८:००

सडकदेखि सदनसम्म सेयर बजारकै चर्चा

बुधबार नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ६० अंकले घटेर तीन सय ७८ दशमलव ९० बिन्दुमा आइपुगेको छ । सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता झनै निराश बनेका छन् ।

सेयर बजारले अन्तरदिनको कारोबारमै ५० अंकभन्दा बढीले गुमाएको थियो । बजार निकै घटेपछि लगानीकर्ताहरू आन्दोलन गरिरहेका छन् । लगानीकर्ताको आन्दोलन सडकदेखि संसद्सम्म पुगेको छ । संसदमा कांग्रेस महामन्त्री गगनकुमार थापाले सेयर बजार निकै घटेकाले लगानीकर्ताको मागलाई सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन् । संसद्सम्म कुरा पुगेपछि भने लगानीकर्ता केही उत्साहित बन्न पुगेका छन् । जसको कारण उच्च अंकले घटेको बजारले बन्द वेलासम्म सम्हालिने प्रयास गरेको थियो ।

अघिल्लो दिन (मंगलबार) बैंंकर र राष्ट्र बैंकबीच छलफल चलेको थियो । लगानीकर्ताले निकै चासो लिएको उक्त छलफलमा बैंकरसँगै सेयर कर्जामा असारबाट लागू हुने गरी कायम गरिएको एकल ग्राहक कर्जा सीमा नहट्ने बताएको छ । अहिले पनि लगानीकर्ताहरू दैनिकजसो आन्दोलनमा उत्रिरहेका छन् त्यसको असर सेयर बजारमा परिरहेको छ । एकथरी लगानीकर्ता भने आन्दोलनले झनै प्यानिक बन्न पुगेको बताउन थालेका छन् ।

साना लगानीकर्ता बाहिरिन थाले भने ठूला लगानीकर्ताले सेयर खरिद बढाउन थाले

बजार निकै घट्दा लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्न थालेका छन् । सोमबार करिब एक अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन बढेर एक अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ । एक ब्रोकरका अनुसार पछिल्लो समय बजार निकै घटेकाले साना लगानीकर्ताहरू सेयर बिक्री गरेर बाहिरिन थालेका छन् भने केही ठूला लगानीकर्ताहरू भने बजार भाउ निकै सस्तो हुन थालेपछि सेयर खरिद गर्न थालेका छन् ।

यस दिन एक सय ७३ वटा कम्पनीको सेयर मूल्य घटेका छन् भने २० वटा कम्पनीको सेयर मूल्य बढेका छन् । कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन् । पाँचवटा समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन् भने चारवटा समूहको सूचक एक प्रतिशतभन्दा बढीले घट्दा तीनवटा समूहका सूचक सामान्य घट्न पुगे ।

घटेको बजारमा पनि आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा यी कम्पनीका लगानीकर्ता उत्साहित छन् । ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई प्रतिशतले बढेको छ भने मितेरी डेभलपमेन्ट बैंक र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस दिन बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८ दशमलव ७६ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ८ दशमलव २६ प्रतिशतले घटेको छ ।

माउन्टेन हाइड्रो नेपाल, शिखर इन्स्योरेन्स र सिंगटी  हाइड्रो इनर्जीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेका छन् ।