मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १ बुधबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
२०७९ असार १ बुधबार १३:५६:००

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन् ।

प्रमुखमा विजयी भएका गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका घतानी नेकपा एमालेका उम्मेदवार ऋषिकेशव उप्रेतीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका छन् । घतानीले ११ मत प्राप्त गरे भने उप्रेतीले सात मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोमा केसीलाई चार मतको अन्तरले पराजित गरेका थिए । बाँकी सातजना सदस्य भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेताहरू निर्वाचित भएका छन् ।

विजयी हुनेहरूमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसी शेर्पा रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि सम्पन्न भएको मतदानको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचनमा गठबन्धन दलका नाैजना र एमालेका नाैजना उम्मेदवारबीच प्रतिस्पर्धा भएकाे थियो ।

दोलखाका नाैवटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले जिससको पदाधिकारी चयन गर्न मतदान गरेका थिए । यससँगै नेकपा एमाले जिल्ला समन्वय समितिको नेतृत्वबाट बाहिरिएको छ । जिससमा नेकपा एमालेका एकजना पनि उम्मेदवार निर्वाचित भएनन् ।