मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ३० सोमबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ३० सोमबार ०८:४८:००

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– ८ स्थित ढुंगेधारानजिकै एक टहरामा बस्ने गणेश कार्कीले आफ्नी श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् ।

ओखलढुंगाको चक्पादेवी नगरपालिका– ४ का कार्कीदम्पती मनोहरामा एकतले टिनको टहरामा बस्दै आएका थिए । घरायसी विवाद हुँदा २८ वर्षीय कार्कीले तरकारी काट्ने चक्कु श्रीमतीलाई प्रहार गरेका थिए ।

उनकी श्रीमतीको घाँटी अगाडिपट्टि चोट लागेको प्रहरीले जनाएको छ । उनको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा सामान्य उपचार गरी राष्ट्रिय ट्रमा सेन्टर पठाइएको बौद्ध प्रहरीले जनाएको छ ।