१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २८ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य र शिक्षालाई सेवाका रूपमा लिनुपर्छ : मेयर शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २८ शनिबार १७:१५:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रूपमा नभई सेवाका रूपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन्। क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन्।

महानगर प्रमुख शाहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए। त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको उनले बताए।

स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख शाहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता जनाए। अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनुनपरेको अस्पतालले जनाएको छ। रासस