मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २७ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् सर्ट भई आगलागी हुँदा १० लाखको क्षति

Read Time : < 1 मिनेट
२०७९ जेठ २७ शुक्रबार १७:१०:००

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा विद्युत् सर्ट भई आगलागी हुँदा १० लाखको क्षति भएको छ। जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार गए राति भएको आगलागीबाट स्थानीय रामचन्द्र बस्नेतको घरमा क्षति भएको हो।

बस्नेतको दुईतले घरमा विद्युतीय तार सर्ट भई अचानक आगलागी हुँदा घरमा भएका लत्ताकपडा तथा पसलमा भएका सामानसमेत जलेका आचार्यको भनाइ छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।