मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०८:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिया तथा कफी बोर्डका तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०८:४७:००

कर्मचारी नियुक्तिमा चलखेल गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

आयोगले बुधबार बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोग छ । 

२ असोज ०७२ मा गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकामा कृषि प्राविधिक र लेखापालमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूलाई नियुक्ति दिइएको थियो । यसमा संलग्न रहेको आरोपमा आयोगले चारजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

पदपूर्ति समितिको संयोजक बोर्डका कार्यकारी निर्देशक गौतमले न्यूनतम शैक्षिक योग्यता नहेरी तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेका आयोगको आरोप छ ।

अन्य तीनजनाले प्रचलित कर्मचारी सेवासम्बन्धी विनियमावली र विज्ञापनमा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी बद्नियतपूर्वक न्यून तथा अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाएर योग्यता नपुगेका आवेदकहरूको दरखास्त ठीक भएको प्रमाणित गरी प्रतिवेदन स्वीकृत गरेको दाबी आयोगको छ ।