१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २६ बिहीबार २१:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २६ बिहीबार २१:५१:००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।
 
मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । 

 निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई बुधबारसम्म २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

निगमले गत साता पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।