मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ जेठ २६ बिहीबार ०९:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस सिन्धुपाल्चोकमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ जेठ २६ बिहीबार ०९:०५:००

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक गठनमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित भएको छ । कांग्रेसले सभापतिसहित सात सदस्य र एकीकृत समाजवादीले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमति भएको हो । 

सभापतिमा कांग्रेसबाट बालकृष्ण श्रेष्ठको नाम निर्णय भएको छ भने उपसभापतिमा एकीकृत समाजवादीबाट रामशरण अधिकारीलाई अगाडि सारिएको छ । श्रेष्ठ बाह्रबिसे– ४ बाट र अधिकारी चौतारा साँगाचोकगढी– १ बाट सदस्यमा निर्वाचित भएका थिए । १२ स्थानीय तहमा पाँच प्रमुख र सात उपप्रमुख कांग्रेसले जितेको छ । प्रमुख–उपप्रमुखको २४ सिटमा १२ कांग्रेस, सात एमाले, चार माओवादी केन्द्र र एक एकीकृत समाजवादीसँग छ ।

स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेर विजयी भएकी चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो । उम्मेदवारले आज मध्याह्न २ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमाले र माओवादीसँग ११ सिट छ । दुई पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । प्रमुखमा माओवादीबाट गणेश विक र उपप्रमुखमा एमालेका जेपी सिलवाललाई अगाडि सारिएको छ ।