मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २६ बिहीबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्र लक्ष्मी क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २६ बिहीबार ०६:४८:००

यस लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको ऊर्जा ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । बैंकको दुई अर्ब रुपैयाँबराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र, २०८९ निष्कासन तथा बिक्री प्रबन्धन गर्न दुई कम्पनीबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेको जनाइएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँबराबरको आठ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक पाँच दशमलव ५ प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्ने जनाइएको छ ।