मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २६ बिहीबार ०६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माधव नेपाल भन्छन्– मन्त्रीहरूले आदेश पालना गर्नेमा विश्वस्त छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २६ बिहीबार ०६:३४:००

अप्ठ्यारोमा एकीकृत समाजवादी 

सत्तागठबन्धनभित्र मात्रै होइन, सरकारमा रहेका मन्त्रीहरूको जानकारी र छलफलविनै मन्त्री हेरफेर गर्ने निर्णय रोकिएपछि एकीकृत समाजवादी अप्ठ्यारोमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका शीर्ष नेताहरूसँगको छलफल र एकीकृत समाजवादीका मन्त्रीहरूसँगको छलफलपछि बजेट पारि गरेर मात्रै मन्त्री हेरफेरको निष्कर्षमा पुगेका छन् ।

जसले गर्दा समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी निर्णयबाट फिर्ता बोलाइएका मन्त्री र सिफारिसमा परेका मन्त्री दुवैथरीको असन्तुष्टिलाई थामथुम पार्ने कोसिस गरिरहेका छन् ।

‘यसबीचमा हामीले मन्त्रीहरूको फेरबदल गरेका छौँ र हामीलाई ६ महिनाको अवधि दिइएको थियो भनेर मन्त्रीहरूले भनेका छन्, मलाई राम्रो पनि लाग्यो । ती मन्त्रीहरूलाई धन्यवाद छ, ६ महिना भनिएकै हो, आठ महिना भयो । सबैले राम्रा काम गरेकोमा धन्यवाद पनि दिन चाहन्छु,’ बुधबार आयोजित पार्टीको एक कार्यक्रममा नेपालले भने, ‘सबै इमानदार हुनुहुन्छ, पार्टीको आदेश पालना गर्नुहुन्छ, आदेश पालना गरेर एउटा राम्रो नेताका रूपमा प्रस्तुत गर्नुहुन्छ भन्ने हामीलाई पूरा विश्वास छ ।’

उनले फिर्ता बोलाइएका मन्त्रीहरूको असन्तुष्टि सम्बोधन गर्दै सिफारिसमा परेका मन्त्रीहरूलाई पनि पार्टी निर्णय कार्यान्वयन हुने भन्दै आश्वस्त तुल्याउने कोसिस गरेका छन् ।