मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २५ बुधबार १४:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् हेरफेरबारे पार्टीभित्र आवाज उठिरहेको छ, तर छलफल भएकाे छैन : नेता पुन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २५ बुधबार १४:३५:००

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् । 

नेता पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको बताए । उनले मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारेका छन् । ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन,’ उनले भने, ‘हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरू उठिरहेका छन् ।’