Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०९:०७:००
Read Time : < 1 मिनेट
प्रवास

दुबईमा नेपथ्यको कन्सर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०९:०७:००

चर्चित ब्यान्ड नेपथ्यले दुबईमा कन्सर्ट गरेको छ । दुबईको ‘अल नासेर लिजर ल्यान्ड’मा दुई घन्टा चलेको कन्सर्टमा २५ सय दर्शक उपस्थित थिए ।

गायक अमृत गुरुङले राष्ट्रिय भावना र लोकलयमा आधारित गीत गाएका थिए । उनका चर्चित गीत ‘रेशम’ र ‘तालको पानी’मा दर्शक खूब नाचेका थिए । ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोसीको पानी’लगायत गीत गाएर अमृतले दर्शक नचाए । उनले ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’जस्ता गीत पनि गाए ।

अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । ‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा उर्जा थप्ने गरी मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ कन्सर्टपछि अमृतले भने, ‘यस्ता माया गर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौँ ।’

दुबईमा नेपथ्यको यो दोस्रो प्रस्तुति थियो । यसअघि सन् २०१५ को भुइँचालोलगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्यान्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन ।