Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०८:५६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

आगोले पोलेलगत्तै...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०८:५६:००

- आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटनास्थलबाट बाहिर निस्कने/निकाल्ने र बाक्लो कपडाले छोप्ने । 

- घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने ।

- पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ ।

- पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।

- बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने ।

- जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्‍याउने ।

- जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन ।

- रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ । 

- त्यस्तै, रसायनले जलेको अवस्थामा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ ।