मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार १८:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार १८:४७:००

हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौंको टंकेश्वर कालीमाटीबाट गैरकानुनी रूपमा हुन्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।