१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ २१ शनिबार १७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति नै नमिल्ने शक्तिबीचको तालमेल औचित्यहीन : डा. भट्टराई

Read Time : < 1 मिनेट
२०७९ जेठ २१ शनिबार १७:४१:००

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरूबीचको तालमेल औचित्यहीन रहेको बताएका छन्। स्थानीय निर्वाचनपछि गृहजिल्ला आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारसँगको भेटमा स्वभाव नमिल्ने दलहरूसँगको गठबन्धन ठीक नभएको बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको अस्वस्थ संघर्ष र गठबन्धनभित्र इमान्दारिता नहुँदा जसपा धेरै पालिकामा हार्न पुगेको उनले बताए। माओवादी र कांग्रेसले इमान्दारिता नदेखाएकाे उनको आरोप छ। उनले भने, ‘गठबन्धनभित्र पनि इमान्दारिता भएन। एकपटक भएको निर्णय कार्यान्वयन गरेर जानुपर्थ्यो,  माओवादी र कांग्रेसले त्यो गरेनन्।’

नेपालको निर्वाचन प्रणालीअनुसार चुनावी तालमेल र गठबन्धन आवश्यक रहे पनि विचार र स्वभाव नमिल्ने दलहरूबीचको गठबन्धन भने ठीक नभएको उनले बताए। ‘आधारभूत नीति नै नमिल्ने शक्तिबीचको तालमेलले क्षणिक लाभ होला ! सरकार त बन्छ, तर काम गर्न सक्दैन,’ भट्टराईले भने। वैचारिक रूपमा एकरुपता र निटकता भएका शक्तिबीचको गठबन्धन वा चुनावी तालमेल मात्र दिगो हुने उनको धारणा छ। ‘पटक्कै विचार नै नमिल्ने, विपरीत दिशामा हिँड्ने शक्तिहरू एक ठाउँमा आउँदा गतिहिनता र अस्तव्यस्तता आएको छ। यसलाई पुनर्विचार गर्नुपर्छ,’ उनले थपे। 

अहिलेको निर्वाचन प्रणालीलाई बदल्ने हो भने मात्र गठबन्धन आवश्यक नपर्ने अध्यक्ष भट्टराईले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदीय प्रणालीमा मुलुकलाई लैजानुपर्ने उनले बताए। ‘त्यो नभएसम्म अहिलेको मिश्रित प्रणालीबाट कसैको बहुमत आउँदैन,’ भट्टराईले भने।