मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २० शुक्रबार १३:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेतिर सरकारले ध्यान दिनुपर्छ : पुष्पा भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २० शुक्रबार १३:४०:००

सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै प्रतिनिधिसभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।

आयातीत वस्तुहरूको प्रतिस्थापन नगरी मूल्यवृद्धिको समस्या हल गर्न नसकिने भन्दै उनले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताइन्। रुस–युक्रेन युद्धका कारण पेट्रोलियमको मूल्यवृद्धि भएको स्पष्ट पार्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि जलविद्युत्, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताइन्।

‘अन्तर्राष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महँगीको मारमा नेपाली जनता परेका हुन्। गरिब जनताले यसको मार व्यहोर्नुपर्ने भएकाले यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ,’ उनले भनिन्, ‘आयातीत वस्तुहरूले नेपालमा महँगी बढ्ने भएकाले यस्ता कुराहरूलाई नियन्त्रण गर्न, सौर्य ऊर्जा, बायो ग्यासलगायतका ऊर्जाहरूको उत्पादन गर्नसक्ने, ८४ हजार मेघावाट विद्युत् उत्पादन गर्नसक्ने हामीसँग क्षमता भएको हुनाले नेपाल सरकारले ऊर्जा उत्पादनमा बढीभन्दा बढी ध्यान दिएर औद्योगिकीकरणतिर गएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेतिर ध्यान जानुपर्दछ।’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराइन्।