मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १९ बिहीबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको मनसुन अफर सुरु

अनलिमिटेड डेटा तथा अल नेट भ्वाइस र एसएमएस बन्डल प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १९ बिहीबार ०६:३५:००

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । कम्पनीले आफ्ना  ग्राहकका लागि आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याक ल्याएको हो । यी प्याक बिहीबारदेखि सुरु हुने जनाइएको छ । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रूपमा सम्बोधन गर्न यस अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याक रहेको कम्पनीले जनाएको छ ।

जसमा ग्राहकले आवश्यकताअनुसार २९ रुपैयाँ देखि ४८ रुपैयाँ पर्ने डेटा प्याक सुचारु गर्न सक्ने जनाइएको छ । डेटाका साथै यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याक पनि ल्याएको कम्पनीले जनाएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कमा अझै सुलभदरमा फोन गर्न र एसएमएस पठाउन सक्ने जनाइएको छ । 

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्ने जनाइएको छ । उनीहरूले १२ रुपैयाँमा ३० मिनेट टकटाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टकटाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २९० मिनेट टकटाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्ने कम्पनीले जनाएको छ । 

यस मनसुन धमाका अफरअन्तर्गतका डेटा प्याक र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याक ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटजस्तै ई–सेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्ने जनाइएको छ ।