मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १९ बिहीबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरीमा डुबेर दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ १९ बिहीबार ०९:१३:००

बारामा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका– ११ बेलवा बस्ने ५२ वर्षीय वीरनाथ चौधरी र कलैया उपमहानगरपालिका– १६ मझौलिया टोल बस्ने नाै वर्षीय यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे वीरनाथ घरदेखि पाँच सय मिटर पश्चिमपट्टि पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

यसैगरी, बाराको कलैया उपमहानगरपालिका– १६ मझौलिया टोल बस्ने यस्ताफा अन्सारीकाे पनि पाेखरीमा डुबेर ज्यान गएकाे छ । टोलकै चार–पाँचजना बच्चाहरूसँग अन्सारी पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए ।

घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।