१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १७ मंगलबार २१:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा चितुवाको आक्रमणबाट तीनजना घाइते 

Read Time : < 1 मिनेट
२०७९ जेठ १७ मंगलबार २१:५२:००

गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका छन् । पालुङटार नगरपालिका - ४ रानीटारस्थित मकैबारीमा काम गरिरहेको अवस्थामा ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई अचानक चितुवाले आक्रमण गरी घाइते बनाएको डिएसपी लीलाराज लामिछानेले बताए । 

मंगलबार आफ्नै बारीमा काम गरिरहेको अवस्थामा नेपालीको ढाडमा, भण्डारीको बायाँ तिघ्रा, पाखुरा र नारीमा चिथोरेको उनले बताए । दुवैजनाको स्थानीय राम मेडिकल ठाँटीपोखरीमा उपचार भइरहेको छ । 

हाल दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सोही चितुवाको खोजी गर्ने क्रममा हवल्दार सुनील रायमाझीलाई समेत चितुवाले पछाडिबाट आक्रमण गरी घाइते बनाएको डिएसपी लामिछानेले जानकारी दिए । 

हवल्दार रायमाझीको पिठ्युँमा चिथोरेको र हाल तेज फार्मेसी ठाँटीपोखरीमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।