मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २ शनिबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिके राउतसँग नाटकीय सहमती : कांग्रेस नेता जोशी

Read Time : < 1 मिनेट
२०७५ चैत २ शनिबार १४:२४:००

कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सिके राउत र सरकारबीच नाटकीय सहमती भएको आरोप लगाएका छन् । 

नेपाल प्रेस युनियन सिरहाले शनिबार लहानमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य जोशीले मुलुक बिखण्डन गर्छु भन्दै हिडेका राउतलाई राजनीतिक मूल धारमा ल्याउनु स्वागत योग्य कदम भएपनि नाटकीय ढङ्गले भएको सहमतीले झस्काएको बताए । ‘सहमतीमा जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने वाक्यांश संविधानको प्रस्तावना विपरीत छ, यसले भविष्यमा समस्या बल्झाउन सक्छ’ उनले भने । 

‘मुलुक बिखण्डन गर्छु भन्ने राउतसँग सम्झौता र जनताको मतबाट निर्वाचित रेशम चौधरीलाई काराबास संयोग मात्र नभएर नियोजित हो’ उनले भने ‘सरकारले अदालतलाई पनि प्रभावमा पारेर सहमती गर्यो, त्यसको असर भविष्यमा देखिन सक्छ ।’ 

‘आफ्नै कारणले खुम्चियौं’ 
उनले संसद्मा प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसले रचनात्मक भूमिका खेल्न खोज्दा पनि सत्तापक्षले दुई तिहाई बहुमतको दम्भमा सर्वसत्तावाद ल्याउन उद्दत रहेको आरोप लगाए । ‘त्यसमा कांग्रेसभित्रको आन्तरिक किचलो र गुटबन्दी पनि कारण हो’ उनले भने ‘आन्तरिक पार्टी एकता र सुदृढीकरण नगरी कांग्रेसले जिम्मेबार प्रतिपक्षी भूमिका खेल्न सक्दैन ।’

मधेस केन्द्रीत दलहरुले उठाउँदै आएको संविधान संशोधनको सवालमा उनले आवश्यकता अनुसार संशोधन हुने र त्यसमा कांग्रेस बाधक नबन्ने स्पष्ट पारे । 

‘हिन्दू राष्ट्र’ कायम गर्न कांग्रेस पनि लागेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा उनले  पार्टीमा धार्मिक स्वतन्त्रताको विषयमा अनौपचारिक छलफल भएको स्वीकार्दै कांग्रेस संविधानले स्वीकारेको धर्मनिरपेक्षताकै पक्षमा रहेको स्पष्ट पारे ।