मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १७ मंगलबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको गोदावरीमा दम्पतीको शव भेटियो

Read Time : < 1 मिनेट
२०७९ जेठ १७ मंगलबार १३:४१:००

कैलालीको गोदावरी नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। गोदावरी– ७, हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पद्मा ऐरको शव फेला परेको हो।

पद्माको शव घरभित्र धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा र हेमबहादुरको शव घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनास्थलबाट खुकुरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

घटनाको प्रकृति हेर्दा हेमबहादुरले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।