मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ चैत २ शनिबार १४:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

आर्थिक अभावले विद्यालय अलपत्र

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत २ शनिबार १४:१८:००

बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीय मिना विकले बताइन् । 

दलित समुदायको पहलमा दश वर्ष अघि स्थापना भएको सो विद्यालयलाई सरकारले अनुमति दिए पनि अन्य कुनै सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक लोकेश विकले गुनासो गरे । तीन कक्षा सम्म संचालन भएको सो विद्यालयमा ९० विद्यार्थी अध्ययनरत छन् । भवन अभाबमा एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने पर्ने बाध्यता रहेको शिक्षिका सिता साउद बताइन् । 

भारतमा रहेका एकाउन्न नेपालीले कालिका सामुदायिक सोसाइटीमार्फत रकम सङ्कलन गरेर विद्यालय स्थापना गरिएको थियो । सो सोसाइटीबाट उपलब्ध भएको दुई लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको भवन जीर्ण भइसकेको छ । विद्यालयमा तीन निजी शिक्षक छन् । 

ती शिक्षकलाई सोसाइटीले उपलब्ध गराएको रकमबाटै तलब दिने गरिएकामा हाल त्यो सोसाईटीमा आर्थिक अभाब भएकाले १८ महिनादेखिको तलव नपाएको शिक्षिका निर्मला विकले जानकारी दिइन् ।

चार हजारका दरले तीन जनाको एक महिनाको तलब वापत १२ हजार चाहिन्छ । रकम अभाबमा १८ महिनादेखि तलब नै खान नपाएको विद्यालय प्रधानाध्यापक लोकेश विकले बताए । 

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा कार्यालय सहयोगीसमेत राखिएको छैन । 
बुढीगङ्गा नगरपालिका–१० का वडाअध्यक्ष धर्मराज जैशीले आर्थिक अभाबमा विद्यालय अलपत्र रहेको स्विकार गर्दै यसबारे नगरपालिकामा पहल गरिए पनि चासो नदिएको बताए । नगरप्रमुख दीपकबिक्रम शाहले विद्यालयको अबस्था बारे कुनै पनि जानकारी नभएकाले सोही ठाउँमा गएर अनुगमन गर्ने बताए ।