१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विदुर पौडेल
२०७५ चैत २ शनिबार १४:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश ३ मा पुँजीगत खर्च सन्तोषजनक : आर्थिक मामिला मन्त्री

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७५ चैत २ शनिबार १४:०७:००

प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विकास बजेट सन्तोषजनक रुपमा खर्च भइरहेको बताएका छन । प्रदेशमा अहिले सम्म करिब ४५ प्रतिशत बजेट खर्च भइसकेको उनले बताए । आर्थीक वर्षको अन्त्य सम्म कम्तिमा ८५ प्रतिशत पुँजीगत खर्च गरी सक्ने उनले दावी गरे ।

नेकपा पार्टी कार्यालय सिन्धुलीमा शनिबार जनप्रतिनिधि तथा नेकपाका कार्यकर्ताहरुसँग  छलफल गर्दै उनले संघीय सरकारले चुरोटका कागजमा लेखेर पठाएको करिब पाँच हजार २ सय योजना र दश करोड बजेट प्रदेशमा पठाएको अवस्थामा काम थालेको उनले बताए । प्रदेश सरकार देशकै नयाँ संरचना भएकाले गति लिन केही समस्या भएको जस्तो देखिएपनि विकासका निर्माणमा कोसेढुङगा सावित हुने उनको भनाई थियो ।  

प्रदेश सांसद तथा स्थानीय सरकारलाई उनले सिन्धुलीको महाभारतमा किवी, जुनार, सुन्तलाको व्यवसायीक खेती गर्ने योजना बनाउन आग्रह गरे । सिन्धुलीको मानव विकास  सूचकांक बढाउन माटोको क्षमता विकास गर्न जरुरी रहेको उनले बताए । 

प्रदेश सरकारले बाटो, खेलकुद, विद्युत सिंचाईलगायत विभिन्न क्षेत्रको विकासका लागि बजेट पठाएकोले सदुपयोग गर्न जिल्लाबासीलाई आग्रह गरे । दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा खेलकुद स्टेडियम बनाउन ६ करोड बजेट प्रदेश सरकारबाट विनियोजन गरेको उल्लेख गर्दै छिटो काम सक्न ढुंगेलले निर्देशन दिए ।  

प्रदेश सरकारले छिट्टै एक स्थानीय तह एक कोशेलीघर निर्माणको अभियान ल्याएको पनि उनले बताए । यसबाट स्थानीय तहमा उत्पादन भएका समाग्री तथा खाद्ययान्नहरुले सहजै बजार पाउने उनको विश्वास छ । 

प्रदेश नम्वर तीनलाई अन्य केही कुरा गर्न नसकेपनि विद्युत उत्पादनले नै सम्बृद्ध बनाउन सकिने उनले विश्वास व्यक्त गरे । 'अहिलेको सरकारको मुख्य लक्ष्य भनेकै विद्युत उत्पादनमा हो' उनले भने ।