१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बसन्त खतिवडा
२०७५ चैत २ शनिबार १३:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाराको हुलास स्टिल इण्डस्ट्रिजमा आगलागी

Read Time : < 1 मिनेट
बसन्त खतिवडा
२०७५ चैत २ शनिबार १३:४२:००

बाराको सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गाेदाममा शनिबार आगलागी भएको छ ।

कम्पनीको कवाडी जम्मा गर्ने गाेदाममा शनिबार १२ः१५ मा आगलागी भएको हो । गाेदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोले आगलागी भएको प्रहरीले जनाएको छ । 

गाेदाममा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र कम्पनीका कामदारहरुको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्रद्वारा करिब ३० मिनेटपछि पूर्ण नियन्त्रणमा आएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले बताए ।