१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रोहितराज पराजुली
२०७५ चैत २ शनिबार १३:३०:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी मेडिकल कलेजका एक विद्यार्थी फेवातालमा मृत भेटीए

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ चैत २ शनिबार १३:३०:००

पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्य्यनरत एक विद्यार्थी फेवातालमा शनिबार मृत फेला परेका छन् । म्याग्दी जिल्ला बेनी नगरपालिका  ८ घर भएका २२ वर्षीय शिशिर केसी बिहान करिव ११ बजे फेवातालमा मृत अबस्थामा भेटिएकाे प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय वैदामका डिएसपी कोमल शाहकाअनुसार फेवातालको सीरान तर्फ प्याराग्लाईडिङ ल्याण्ड हुने ठाउँ खपौदी क्षेत्र नजिकै तालमा उनको शव फेला परेको हो । उनले आफु सँगै अध्ययन गर्ने एक साथिलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको र साथिहरु उनलाई खोज्न सो स्थानमा पुग्दा कपडामात्र फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

केसी बिहान करिव साढे सातबजे कोठाबाट निस्कीएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थी मिलेर उनको शव तालबाट निकालेका थिए । उनका साथिकाअनुसार केसीले डराउने, मुटु हल्लिने समस्या देखिएपछि केही समयदेखि त्यसको औषधी सेवन गदै आएका थिए । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घट्नाबारे थप अनुसनधान सुरु गरेको प्रहरीले जनाएको छ ।