बस र म्याजीक एकआपसमा ठोकिदा १४ यात्रु घाइते

२०७५ चैत २ शनिबार १३:१२:०० | प्युठान

प्युठानमा बस र म्याजीक आपसमा ठोक्किदा १४ जना घाइते भएका छ्न । बाग्दुलादेखि खलंगा तर्फ जाँदै गरेको ना ४ ख ४७०५ नम्बरको  बस र   खलंगाबाट बाग्दुला आउँदै गरेको रा १ ज ६८३ नम्बरको  म्याजीक आपसमा ठोकिएका थिए ।

दुर्घटनामा म्याजिकमा सवार १३ जना सामान्य र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइते सबैको प्रहरी र स्थानीयले उद्वार गरी अस्पताल लगेका छन् ।

प्रतिकृया दिनुहोस