१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १६ सोमबार १८:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीलाई बजेट कार्यान्वयनको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १८:४५:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष ०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्ष ०७९/८० को बजेटमा धेरै कुराहरू राम्रो भएको भए पनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका छन् । 

उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘योजनाहरू बडो राम्रो देखिन्छ । तर, कार्यान्वयनको पक्ष फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दा हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिँदैन ? संरचनाहरू चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागू हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । कार्यान्वयन नै अहिलेसम्म एउटा महत्वपूर्ण समस्याको रूपमा रहेको छ ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमीकमजोरीहरूलाई हटाएर अझ समृद्ध बनाएर लागू गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । उनले भने, ‘यो बैठकमा हामीले बजेटको बारेमा छलफल गर्यौँ । बजेटमा कतिपय राम्रा कुराहरू आएका छन् । तर, हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कयौँ कुराहरूमा कमीकमजोरी पनि छन् । ती कमीकमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागू गर्यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’

बैठकमा अध्यक्ष नेपालले बजेट राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।