मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत २ शनिबार १२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिके राउतसँगको सहमती देशको हित विपरीत छ : कांग्रेस सभापती देउवा

Read Time : < 1 मिनेट
२०७५ चैत २ शनिबार १२:१८:००

कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले केही दिन अघि गरेको सिके राउतसँगको सहमती देशको हित विपरीत भएको बताएका छन् । 

तानसेनमा शनिबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले राष्ट्रघाती निर्णय गरेको उल्लेख गर्दै सहमती पत्रमा दुईवटा अर्थ लाग्ने भाषा प्रयोग गर्न नहुँने बताए । 

उनले सरकारका क्रियाकलापहरु जनभावना अनुसार नभएको आरोप लगाएका छन ।  ‘सरकार जनताको काम गर्नभन्दा अराजक र राष्ट्रघात गर्ने दिशातर्फ उन्मुख भएको छ' उनले भने । सरकार गठन भएको एक वर्ष बितिसक्दापनि केही उपलव्धी मुलक काम गर्न नसकेको भन्दै उनले सरकारले बलात्कारीको बचाउ गरीरहेको बताए । 

देशमा अराजक गतिविधिहरू बढ्दै गइरहेकोले त्यसको विरुद्धमा कांग्रेस अब आन्दोलनमा उत्रिने तयारीमा रहेको उनले बताए । 

साथै उनले विप्लव नेतृत्वको नेकपालाई हिंसाको बाटो गलत भएको भन्दै हत्या हिंसा त्यागेर शान्तिपूर्ण वार्तामा आउन आग्रह गरे ।

त्यस्तै, हालै मात्र तराईमा पूर्व राजाप्रति देखिएको जनलहर सामान्य भएको टिप्पणी गर्दै उनले हिन्दु राष्ट्रको माग जायज भएको बताए ।