Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत २ शनिबार ११:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

ट्राफिक सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७५ चैत २ शनिबार ११:१५:००

ट्राफिक सचेतनाका लागि लमजुङको बेसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयको समन्वयमा रोट्रयाक्ट क्लव अफ लमजुङले मंगलबार स्लो बाईक रेसको आयोजना गरेको हो । 'छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ' भन्ने मुल नाराका साथ प्रतियोगिता सञ्चालन गरीएको रोट्रयाक्ट क्लव अफ लमजुङका अध्यक्ष सुजन श्रेष्ठले बताए ।

प्रतियोगितामा बेसीशहरका शुरेस श्रेष्ठ सबैभन्दा कम समयमा निर्धारित दुरी पार गरी बिजेता बनेका छन् । ३५ जनाको सहभागिता रहेको प्रतियोगितामा सुनिल श्रेष्ठ दास्रो भएका छन् । प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना मिलेको प्रतियोगितामा सहभागी बेसीशहरका देवेन्द्र गुरुङले बताए ।