१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ चैत २ शनिबार ०९:४७:००
Read Time : > 1 मिनेट
खेलकुद

बार्सिलोनाले युनाइटेडको सामना गर्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत २ शनिबार ०९:४७:००

युरोपकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र शुक्रबार सार्वजनिक भएको छ । ड्रमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । युभेन्टस र लिभरपुलले सहज प्रतिद्वन्द्वी पाएका छन् । युभेन्टस एज्याक्सविरुद्ध भिडनेछ । लिभरपुलले पोर्टोको सामना गर्नेछ । क्वार्टरफाइनलको पहिलो लेग १० र ११ अप्रिलमा हुनेछ । दोस्रो लेग १६, १७ र १८ अप्रिलमा हुनेछ । सेमिफाइनल ३० अप्रिल र ७ मे मा हुनेछ । फाइनल ६८ हजार दर्शक क्षमता रहेको एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा १ जुनमा हुनेछ । 

सिटी–टोटनह्याम
प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ११ दिनभित्र तीनपटक टोटनह्यामविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । क्वार्टरफाइनलको पहिलो लेग टोटनह्यामको नयाँ घरेलु मैदानमा १० अप्रिलमा सिटीले भिड्नेछ । यी दुई क्लबबीचको दोस्रो लेग १८ अप्रिलमा हुनेछ । 

सिटीकै घरेलु मैदानमा प्रिमियर लिगअन्तर्गत २० अप्रिलमा यी दुईबीच तेस्रोपटक भिडन्त हुनेछ । सिटीले युरोपियन कपको इतिहासमा इंग्लिस प्रतिद्वन्द्वीविरुद्ध खेलेका सबै चार खेलमा पराजय व्यहोरेको  छ । टोटनह्याम र सिटी च्याम्पियन्स लिगमा पहिलोपटक भिड्न लागेका हुन् । 

बार्सिलोना–युनाइटेड
पाँचपटकको च्याम्पियन बार्सिलोनाले लियोनलाई ५–१ ले हराएर अन्तिम आठको स्थान पक्का गरेको थियो युनाइटेडले युरोपियन च्याम्पियन्स लिग र युरोपियन कपको इतिहासमा २–० को नतिजा उल्टाएर पहिलोपटक अन्तिम आठमा स्थान बनाएको हो । युनाइटेडले बार्सिलोनाविरुद्ध खेलेका पछिल्ला ८ युरोपियन कप र  च्याम्पियन्स लिगमा एक खेलमा मात्र जित निकालेको छ । पछिल्लोपटक युनाइटेड बार्सिलोनाविरुद्धका दुवै खेलमा पराजित भएको थियो । २००९ र २०११ को फाइनलमा दुवैपटक बार्सिलोना विजयी भएको थियो ।  

लिभरपुल–पोर्टो
गत संस्करणको फाइनलमा ३–१ ले रियल म्याड्रिडसँग पराजित भएको लिभरपुलले क्वार्टरफाइनलमा योपटक पोर्टोविरुद्ध खेल्दै छ । वार्यन म्युनिखलाई पराजित गरेर क्वार्टरफाइनल पुगेको लिभरपुललाई रोमाविरुद्ध सानदार पुनरागमन गरेको पोर्टोले चुनौती दिनेछ । 

एज्याक्स–युभेन्टस
एज्याक्स पिएसभी (२००६) पछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने पहिलो डच टिम हो । एज्याक्सले सनसनीपूर्ण खेलमा रियल म्याड्रिडलाई ५–३ ले पाखा लगाएर क्वार्टरफाइनल पुगेको थियो । तीनपटक लगातार च्याम्पियन्स लिग जितेको रोनाल्डोले आफ्नो एकपक्षीय प्रदर्शनमा ह्याट्रिक गर्दै युभेन्टसलाई पनि सानदार कमब्याक गराउँदै क्वार्टरफाइनल पुर्‍याएका थिए । 

खेल तालिका

अप्रिल ९ मंगलबार
-लिभरपुर–पोर्टो
-टोटनह्याम–म्यानचेस्टर सिटी

अप्रिल १० बुधबार 
-एज्याक्स–युभेन्टस
-म्या. युनाइेटड–बार्सिलोना

१६ अप्रिल, मंगलबार 
-युभेन्टस–एज्याक्स
-बार्सिलोना–म्या. युनाइेटड

१७ अप्रिल बुधबार
-पोर्टो–लिभरपुल
-म्यानचेस्टर सिटी–टोटनह्याम